२०८१ मंसिर २ , आइतवार

गृहमन्त्री लामिछाने विराटनगरमा

rabi

सुनाखरी न्युज/ काठमाडौं ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आज विराटनगर आइपुग्नुभएको छ । उहाँ कोशी प्रदेशस्तरीय सुरक्षासम्बन्धी बैठकमा सहभागी हुन यहाँ आउनुभएको हो ।

सुरक्षा समितिको बैठक अगाडि गृहमन्त्री लामिछाने राजस्व चुहावट रोकथामसम्बन्धी बैठकमा सहभागी हुनुभएको छ । प्रदेशस्तरीय सुरक्षा समितिको बैठक अपराह्न ३ बजे हुने मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीलाई बैठकको उद्देश्यबारे उहाँले जानकारी गराउनुहुने बताइएको छ ।

बैठकमा कोशी प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुखलगायत सहभागी हुने प्रजिअ भट्टराईले बताउनुभयो ।यसअघि, विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछनेले सरकारले विपद् व्यवस्थापनको आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो ।  रासस