सुनाखरी न्युज/ काठमाडौँ ।
भुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो विमान दुर्घटना सम्बन्धी अभ्यास गरिएको छ । दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गरेर अभ्यासको आयोजना गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा भएको संकटकालीन योजना अभ्यासमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँग सम्बद्ध नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित विभिन्न निकाय संलग्न छन् ।
आधा घण्टाका लागि गरिने अभ्यासमा नक्कली जहाजमा आगलागी भएपछि यात्रु तथा चालकदलको उद्धार कसरी गर्ने लगायत अभ्यास गरिन्छ ।उद्धारका लागि दमकल, एम्बुलेन्सर उद्धारकर्मी कसरी परिचालित गर्ने भन्ने अभ्यास पनि गरिन्छ ।