२०८१ आश्विन ५ , शनिवार

प्रियंका कार्की अभिनित वेब सिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टिजर सार्वजनिक गरिएको हो । म्यजिक नेपालद्वारा सञ्चालित ओटीटी प्लाटफर्म ‘मोःमो म्युजिक एण्ड मुभिज’ ओटीटीमा यो सिरिज स्ट्रिमिङ हुने जनाइएको छ ।

सिरिजमा प्रियंका कार्की, कविता नेपाली, बिजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय छ ।पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री कार्कीले सिरिजको लागि आफूले तीन वर्षभन्दा बढी समय दिएको बताइन् ।

फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिश तामाङसँग मिलेर खिचेका हुन् ।२४ श्रृंखलाको सिरिजमा ३५० बढी कलाकारले काम गरेको निर्माण टिमले जनाएको छ ।

हरेक एपिसोडको रनटाइम एक घण्टा छ । वेब सिरिजलाई सुजय योङले निर्देशन गरेका हुन् । सिरिजको कथा, पटकथा तथा संवाद पनि निर्देशक योङले नै लेखेका हुन् । कोभिड लकडाउनको बेला उनले सिरिज लेखेका थिए ।