२०८१ आश्विन ५ , शनिवार

आँखाको सर्जरीपछि यस्ती देखिइन् गायिका मेनुका पौडेल

menkua

 

सुनाखरी न्युज/ काठमाडौँ ।

गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा राखिए पछिको लुक्स सार्वजनिक गरेकी छन् ।

गत वैशाखमा तिलगंगा अस्पतालमा उनको आँखाको खाल्डोलाई पुरेर कृत्रिम आँखा राखिएको थियो ।सर्जरीपछि पहिलोपटक मेनुकाले आफ्नो आँखाको लुक सार्वजनिक गरेकी छन् । फोटोमा उनी चस्मा बिना सामान्य व्यक्तिजस्तै देखिएकी छिन् ।

यसले मेनुकाको दृष्टि चाहिँ फिर्ता आउनेछैन । तर अब उनलाई चस्मा लगाउन भने जरुरी छैन ।