सुनाखरी न्युज/ काठमाडौँ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षत्रीको निधन भएको छ। हाल वीरेन्द्रनगर- ७ इत्राम घर भएका ५२ वर्षीय लेखा अधिकृत क्षत्रीको मंगलबार निधन भएको हो। ५२ वर्षका उनको मंगलबार बिहान हृदयाघातका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका चिकित्सक डा। केएन पौडेलले बताए । उनका अनुसार क्षेत्रीलाई यसअघि पनि हृदयघात भएको थियो ।
उपचारका लागि चिकित्सवको सक्दो प्रयास गरे पनि अक्सिजनको लेभलमा सुधार नभएपछि निधन भएको हो । क्षत्रीको शव अस्पतालको शवगृहमा राखिएको छ। स्थानीय तहमा निजामती कर्मचारीमा समायोजन भएपछि क्षेत्री ०७४ साउन १५ गते वीरेन्द्रनगर नगरपालिकाका हाजिर भएका थिए।
त्यसअघि उनी दैलेख, कालीकोटलगायतका जिल्लामा कार्यरत रहेको वीरेन्द्रनगर नगरपालिकाका जिन्सी शाखाका प्रमुख खड्क केसीले बताए।मंगलबार बुलबुले उद्यानमा डुङ्गा सञ्चालनको उद्घाटन गरिएको थियो । उक्त औपचारिक कार्यक्रममा उद्घोषकको भूमिकामा क्षेत्री नै थिए । कार्यक्रम सकिएपछि कार्यक्रम स्थलमै एक्कासि बेहोस भएका थिए ।