कुर्कुच्चा दुख्ने रोगलाई प्लान्टर फासिआइटिस भनिन्छ । कुर्कुच्चादेखि बुढी औँलासम्म एकप्रकारको मासुको झिल्ली हुन्छ, त्यो सुन्निएर दुखाइ हुन जान्छ । यसको कारण बिहान उठ्ने बित्तिकै खुट्टा टेक्ने बेलामा कुर्कुच्चामा अत्यधिक दुःखाइ हुन्छ जुन सुइले रोपेको जसरी चस्चस् गरेर दुःखाइ हुन्छ । दुःखाइ केही बेर हिँड्यो भने कम भएको अनुभव हुन्छ, तर फेरी लामो समय एकै ठाउँमा उभिँदा दुःखाइ बढ्न जान्छ । प्रायःजसो मोटा र लामो समय एकै ठाउँमा उभिने मनिसहरूमा यो रोग बढी देखिने हुन्छ ।खासगरी प्लान्टर फेरिया सुन्निएमा वा च्यातिएमा कुर्कुच्चा दुख्ने समस्या हुन्छ । त्यस्तै नांगो खुट्टा हिंड्दा, जुत्ताको सोल कडा हुँदा, दिनहुँ लामो समयसम्म बुट वा हिल लगाएर उभिरहँदा, मोटोपन ( अचानक शरीरको तौल बढ्दा), खुट्टामा दबाब बढी हुँदा, लामो दूरीसम्म ओरालो झर्दा र खुट्टाको आकारप्रकारसँग मिल्दो जुत्ता नलगाउँदा कुर्कुच्चा दुख्न सक्छ । त्यस्तै हाई हिल लगाउने व्यक्तिले एक्कासि हिल नभएको जुत्ता लगाउन थाल्दा पनि समस्या हुन सक्छ ।
४० देखि ६० वर्षसम्मको उमेरमा प्लान्टर फेरिया झिल्ली पातलो हुँदै जाने भएकाले यो उमेर समूहमा कुर्कुच्चा दुख्ने जोखिम बढी हुन्छ । त्यस्तै मोटो खुट्टा र खाली खुट्टा हिंड्नेहरुमा कुर्कुच्चा दुख्ने समस्या बढी देखिन सक्छ । थाइराइडको कारणले पनि कुर्कुच्चा दुख्न सक्छ । टार्सन टनेल अर्थात् पैतालामा जाने नसाको बाटो साँघुरो हुँदा पनि प्लान्टर फेसियाइटिससँग मिल्दोजुल्दो लक्षण देखिन्छ । यस्तो बेला पैताला झमझाउने र दुख्ने हुन्छ । यति मात्र नभई तनाव हुनु, हड्डी भाँच्चिनु, चोट लाग्नु जस्ता कारणबाट पनि यो समस्या निम्तिन सक्छ ।यसको कारण बिहान उठ्ने बित्तिकै खुट्टा टेक्ने बेलामा कुर्कुच्चामा अत्यधिक दुखाइ हुन्छ।
साधारण चेकजाँच गरेर थाहा पाउन सकिन्छ । हड्डीको समस्या छ कि भनेर हेर्न एक्सरे, भिडियो एक्सरे गर्न सकिन्छ । कुर्कुच्चा दुखाइको समयमा उपचार गरेमा निको हुन्छ यो दीर्घरोग होइन । यसका लागि सबैभन्दा पहिले त लगाउने जुत्ता–चप्पलमा विशेष ख्याल गर्नुपर्छ । नयाँ जुत्ता नै लगाउनुपर्छ भन्ने होइन, पुरानो जुत्ता लगाउँदा पनि रबर र सिलिकनको सोल राख्न सकिन्छ ।
दुखाइको उपचारका लागि फिजिरोथेरापिस्टको निगरानीमा थेरापी गर्नुपर्ने हुन्छ । कुर्कुच्चा दुखाइकै लागि भनेर विशेष औषधि त हुँदैन । तर सुन्निने, दुखाइ कम गर्ने ब्रुफिन, फ्लेक्जन, निम्सजस्ता औषधि प्रयोग गर्न सकिन्छ । यी औषधिले पनि दुखाइ कम नभएमा भने सुई लगाउनुपर्ने हुन्छ । कुर्कुच्चा दुख्ने रोग्लाई प्लान्टर फासिआइटिस भनिन्छ। कुर्कुच्चादेखि बुढी औंलासम्म एक प्रकारको मासुको झिल्ली (प्लान्टर फासिआ) हुन्छ, त्यो सुन्निएर दुखाइ हुन जान्छ।
कसरत नगर्नेहरुलाई र ठूला हिल भएका स्यान्डल, जुत्ता चप्पल लगाउने हरुलाई पनि यो समस्या हुन सक्छ। लामो समयसम्म यस्तो कुर्कुच्चा दुख्ने सम्स्या भईरह्यो भने यसले गर्दा गोडा, घुँडा र ढाड दुख्ने समस्या पनि निम्तिन सक्छ। तसर्थ समयमा नै यसको उपचार तिर लाग्दा राम्रो हुन्छ। यो रोग पत्ता लगाउन महँगो जाँच कुनै गर्नुपर्दैन। बिरामीले भनेका लक्षणका आधारमा रोगको पहिचान हुन्छ। कहिलेकाहीँ गर्नै परेमा खुट्टाको एक्सरे गरेर हेरिन्छ। यस्तै समस्या अरु रोगहरुमा पनि देखिने हुँदा ढाडको एमआरआइ गर्नुपर्ने हुन्छ।
उपचार
-९० प्रतिशत यो रोगका बिरामीहरु फिजियोथेरापी गरेर निको हुने गर्छन्, त्यसैले नियमित फिजियोथेरापी गर्नु पर्दछ।
-कुर्कुच्चामा बरफ ( आइस) ले सेक्ने गर्नुपर्छ।
-चिकित्सकको सुझाव अनुसार दुखाइ कम गर्ने औषधिहरु प्रयोग गर्ने।
-सजिलो जुत्ताको प्रयोग, जुत्तामा सिलिकोन सोल हालेर पनि लगाउन सकिन्छ।
-राति सुत्ने बेलामा खुट्टामा स्प्लिन्ट लगाएर सुतेमा त्यस्ले प्लान्टर फासिआलाई तन्काएर राख्दछ जसले गर्दा कुर्कुच्चाको दुखाइमा कमी ल्याउँछ।
-यदि लामो समय दुखाइ कम नभए कुर्कुच्चामा सुइ पनि लगाउन सकिन्छ। कसै कसैलाई शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ।
-लामो समय एउटै ठाउँमा नउभिने।