२०८१ मंसिर ९ , आइतवार

आईसीसी टी–२० विश्वकप २०२४ः अमेरिकालाई हराउँदै भारत सुपर-८ मा

icc india

सुनाखरी न्युज/ अमेरिका ।

आईसीसी टी–२० विश्वकप २०२४ मा भारतले  घरेलु टोली अमेरिकालाई ७ विकेटले हराउँदै सुपर-८ मा स्थान बनाएको छ । लगातार तेस्रो जितले भारत समूह ए बाट एक खेल अगावै सुपर ८ मा पुगेको हो ।

१११ रनको लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सूर्यकुमार यादव ४९ बलमा २ चौका र २ छक्कासहित ५० तथा शिबम दुबे ३५ बलमा १ चौका र १ छक्कासहित ३१ रनमा नट आउट रहे । चौथो विकेटलाई दुबे र सूर्यले ६५ बलमा ६७ रनको साझेदारी गरेका थिए ।

समूह ए मा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिकाले १४ जुनमा आयरल्यान्डसँग खेल्नेछ । उक्त खेलमा अमेरिका विजयी भएमा वा वर्षाको कारण रद्द भएमा पनि सुपर-८ मा पुग्नेछ । यदि अमेरिका पराजित भएमा पाकिस्तानको सुपर-८ सम्भावना नेटरनरेटमा भरपर्नेछ । पाकिस्तान ३ खेलमा २ मा हार र १ मा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । क्यानडा ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ । आयरल्यान्ड २ खेलमा जित विहीन छ ।