सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले टिकटक खोल्न माग गरेका हुन् । ‘गत कात्तिक २७ गतेसम्म प्रतिबन्ध अघि ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले भीपीएनबाट ५० लाखले चलाइरहेको अनुमान छ । टिकटिकको विकल्पमा रिल लगायत चलिरहेको छ ।
अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिवेदन के भयो रु,’ सांसद शाहले भने, ‘बरु दुरसञ्चार प्रदायक कम्पनीले डाटाबाट अरबौं रुपैया गुमाएका छन, सानो व्यवस्था गरेका मर्कामा परेका छन् ।’ सरकारले टिकटक बन्द गरेपछि अपराध घटेको भन्ने तथ्याङ्क त छैन होला । तर टिकटक बन्द भएपछि ब्यान्डविथ घटेर डाटा बिक्रीबाट हुने आम्दानी घटेर एनसेलको १ अर्ब ४४ करोड र एनटिसीको डेढ अर्ब रुपैयाँ घाटा भएको तथ्याङ्कले देखाएको छ ।’
उनले अगाडि भने– ‘टिकटकबाट साना व्यवसायीले गरेको घरेलु व्यवसाय विस्थापित भएको कुराको हिसाबकिताब गरिसाध्य छैन । अरू पनि सूचीकृत नभएका फेसबुक इन्स्ट्राग्राम जस्ता सामाजिक सञ्जाल बिना रोक तोक चलिरहेका छन् । तर टिकटकबाट मात्र अपराध फैलिने कुरा स्वीकार्य छैन।