२०८१ मंसिर १२ , बुधवार

“Crypto Miningमा संलग्न प्रतिवादीहरु पक्राउ’’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

CTEVT अन्तर्गतको TITI (Training Institute for Technical Instruction) को भवनमा रहेको Information Technology Lab मा Crypto Currency Mining जस्तो गैरकानूनी कार्य संचालन भईरहेको छ भन्ने प्राप्त सूचना सम्बन्धमा यस ब्यूरोबाट टोली खटि

गई CTEVT अन्तर्गतको TITI भवनमा रहेका कम्प्यूटर तथा Server प्रणालीहरुको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा Server र ६४ (चौसठ्ठी) वटा Desktop कम्प्यूटरहरुमा Crypto Mining Application संचालन भईरहेको पाईएकोले उल्लेखित

Server र ६४ थान CPU समेत बरामद गरी उल्लेखित ल्यावको जिम्मेवारीमा रहेका निम्न प्रतिवादीहरुलाई जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं.२ स्थित सानोठिमीबाट मिति २०८१/०२/३० गते पक्राउ गरी मुद्रा सम्बन्धी कसूरमा सम्मानित  भक्तपुर जिल्ला अदालतबाट दिन ६ (छ) म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको ।

पक्राउ भएका प्रतिवादीहरुको विवरण :

१)नाम थर:-राजेन्द्र ताहामता
वतन:-भक्तपुर जिल्ला, भक्तपुर न.पा.वडा नं.७
वर्ष:-२५
पक्राउ मिति:- २०८१/०२/३० गते ।

२) नाम थर:-विश्वास गुरुङ
वतन:-कीर्तिपुर न.पा.वडा नं. १
वर्ष:- ४०
पक्राउ मिति :-२०८१/०२/३० गते ।