२०८१ मंसिर १० , सोमवार

सिटिजन्स बैंक र स्तूपा स्वास्थ सेवा सहकारी संस्था बीच समझदारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चुच्चेपाटी, काठमाडौं स्थित स्तूपा स्वास्थसेवा सहकारी संस्था लि. बीचसिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले स्तूपा स्वास्थ सेवा सहकारी संस्थामा १०% सम्मको आकर्षक छुट पाउन सकिने बैंकले जनाए ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।