२०८१ मंसिर ८ , शनिवार

सुन तस्करी प्रकरणः ६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ

golds

सुनाखरी न्युज/ काठमाडौं ।

प्रहरीले  ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् ।

भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौँमा ल्याएको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतले रातोपाटीलाई बताए । उनीहरूको न्युरोडमा सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुली सँग कनेक्सन देखिएको छ । तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ गरेका थिए ।

दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।

अहिलेसम्म पक्राउ पर्नेहरू :

१। सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारत महाराष्ट्र

२। धिरज दिनेश वैटे ‘दिनेश’, भारत महाराष्ट्र

३। प्रशान्त गणेश वजवलकार, भारत महाराष्ट्र

४। सुरेन्द्रमान श्रेष्ठ, वीरगन्ज महानगरपालिका–१६

५। राजु खत्री, सूर्यबिनायक नगरपालिका–९

६। बैजनाथ ब्रम्हादत्त गोयल, भारत गुजरात ९विशालबजारमा शक्ति क्रिएसन संचालक०

७। राजु थापा भन्ने प्रेमनाथ सेढाईं, धादिङ सिद्धलेक–५

८। कान्छा लामा, काभ्रे तेमाल गाउँपालिका–४

९। कङ्का चासी ‘राजु भोटे र टासी भनेर चिनिने०, चिन छेन्दु

१०। भीम प्रसाद तिमल्सिना, अध्यक्ष ९पेवेल नेपाल प्रालि०

११। प्रज्वल आचार्य, सहायक कार्यकारी अधिकृत ९पेवेल नेपाल०

१२। सुरज सम्शेर जबरा, पेवेल नेपाल ९संचालक समिति सदस्य०

१३। फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, काठमाडौँ–६ ९सजिलो पे०

१४। सुशील ज्याकिबन्जा, भक्तपुर ९सजिलो पे०

१५। कश्यप मानन्धर, भक्तपुर नगरपालिका–९ ९सजिलो पे०

१६। लाल बहादुर कुँवर, रुपन्देही तिलोत्तमा–६ ९जेके मनि ट्रान्सफर०

१७। अरुण कुमार यादव, बारा ९पशुपति कन्सर्न०

१८। सोनाम गुरुङ, चीन

१९। रूपक भण्डारी

२०। मनोज श्रेष्ठ, भक्तपुर।