२०८१ मंसिर १० , सोमवार

समृद्धि फाइनान्स, गैर शाखाको पहिलो बार्षिकोत्सब

Capture

सुनाखरी न्युज/ काठमाडौ ।

समृद्धि फाइनान्स कम्पनी लि.शाखा कार्यालय गैर, सर्लाहीले आज आफनो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा शाखाले बर्षदिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको थियो।शाखाले स्थापना कालदेखि हालसम्म१६००ग्राहकलाई आवद्ध गर्दै ७ करोड ६६ लाख बचत संकलन र १करोड ५० लाख लगानी गर्न सफल भएको जानकारी शाखाका शाखा प्रमुख राम हरी निरौलाले कार्यक्रमका बिच जानकारी दिए।

नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले कविलासि नगरपालिकाका स्थानीय व्यापारीहरु, वचतकर्ताहरु,बुद्विजिवि, समाज सेवी, सुरक्षा निकायका प्रतिनिधि आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ-आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उक्त रोक्त र प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए।

 

शाखाले आगामी दिनहरूमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरिय कर्जा लगानिमा घनिभुत ढंगले अगाडि बढ्ने र बैंकिङ सेवालाई थप शसक्त बनाउन स्थानीय जन चाहना बमोजिम कार्यलाई प्राथमिकता दिई कार्य गर्ने शाखाको कार्य योजना रहेको छ।समृद्धि फाइनान्सले हाल तेह्रवटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ।