सुनाखरी न्युज/ काठमाडौ ।
बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।आज नेप्से २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा बन्द भएको छ।यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार ८८४ रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रूपैयाँको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६५ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३०८ वटा धितोपत्रको ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको हो।बुधबार १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ।