२०८१ मंसिर १० , सोमवार

कुमारी बैंक र पशुपति Recreation (OOPS) बीच सम्झौता

Capture

 

सुनाखरी न्युज/ काठमाडौ ।

कुमारी बैंक लिमिटेड र पशुपति Recreation Pvt. Ltd.(OOPS),धुम्बराही–काठमाडौंबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले इइएक्मा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इन्डोर र आउटडोर खेलहरु खेल्न कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा QRच्द्वारा रिर्चाज गर्दा१०% बोनस रिचार्ज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस सुविधाबाट ग्राहक महानुभावहरुले सहज र गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।