सुनाखरी न्युज/ काठमाडौं ।
टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १८१ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, किकोलस पुरन र रोभम्यान पावेलले ३६र३६ रन बनाए भने ब्रेन्डन किङ २३ रनमा रिटार्यड हर्ट भए ।
यस्तै, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा अविजित रहे ।