२०८१ मंसिर १० , सोमवार

शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता

Capture

सुनाखरी न्युज/काठमाडौं ।

पानीपोखरी स्थित शुक्राहाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्राहाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।एक समारोहका बिच शुक्राहाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लिका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंक लि.का तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमति प्रदेश दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्र(MOU)मा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु,कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्राहाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लिमा उपचार सेवालिँदा इन–हाउस रुटिन टेस्टमा २५∞ छुट, इन–हाउस स्पेशलाइजेशनमा २०∞ छुट, आउटसोर्समा १०∞ छुट र एक्स–रे, USG, ECG, ECHO मा१०∞ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने बैंकले जनाएका छन ।

“Results where matters”का मूल नाराका साथवि.स.२०८०/०२/०३ गतेका दिन औपचारीक रुपमा काठमाडौंको मुटु पानीपोखरी स्थित शुक्राहाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि.को स्थापना गरिएको थियो । यस संस्थाले आफ्नो सेवा ग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न किसिमका गुणस्तरीय ल्याब परीक्षण, मल्टीस्पेशलिटि विशेषज्ञ परामर्श सेवा, एक्स रे, यु.एस.जि.,ईसिजि र फार्मेसी आदि सेवाहरु उपलब्ध गराउदै आइरहेको बताए ।

यस संस्थाले मानवतालाई पहिलो प्राथमिकतामा राख्दै उत्कृष्ट गुणस्तर, सबैभन्दा सही निदान र परीक्षणलाई किफायती लागतमा प्रदान गर्न समर्पित छ । अरु ल्याबभन्दा छुट्टै गुणस्तरीय सेवा को पहिचान बोकेको यस संस्थाको ल्याबभित्र पनि प्याथोलोजिस्ट, माईक्रोबायोलोजिस्ट, बायोकेमिस्टका विभिन्न वरिष्ठ विशेषज्ञ टोलीहरु आबद्घ छन् ।