२०८१ मंसिर ८ , शनिवार

पशुपतिको भेटी चोरीका ५ आरोपित पुर्पक्षका लागि कारागार चलान

Capture

सुनाखरी न्युज/काठमाडौं ।

पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । एक जना धरौटीमा छुटेका छन् ।

अदालतको आदेशपछि चोरी आरोपमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी र मन्दिरका ब्राह्मण नवराज घिमिरे सहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियार कारागार चलान भएका हुन् ।

त्यसैगरी पक्राउ परी मुद्दा चलाइएका मध्ये सत्यनारायण जोशी भने रिहा भएका छन् । उनलाई ३ लाख धरौटीमा छाड्नु भन्ने आदेश आएपछि धरौटी तिरेर रिहा भएको उनले बताए ।

६ जना विरुद्ध २ करोड ३० लाख १ हजार बिगो माग दाबी गर्दै चोरीको कसुरमा मुद्दा चलाइएको थियो ।