२०८१ मंसिर १३ , बिहिवार

कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको १५ औँ बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सरकारले ल्याएको बजेट माथि असहमति जनाउँदै कांग्रेसले शुक्रबार संसद्‌मा विरोध जनाएपछि बैठक आधा घण्टाको लागि स्थगित भएको हो ।

संसद् बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सङ्घीयता विरोधी बजेट ल्याएको आरोप लगाउँदै सदन अवरुद्ध गर्ने जानकारी दिएका थिए । उनले सरकारले ल्याएको बजेट पक्षपाती भएको आरोप लगाएका थिए ।

कांग्रेसले विरोध गरेपछि सभामुख तुलाराम घर्तीमगरले सरकार र प्रतिपक्ष दलको बिचमा संवादका लागि भन्दै बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।लुम्बिनी प्रदेशमा हिजोबाट बजेटमाथि छलफल सुरु भएको थियो ।