सुनाखरी न्युज/ काठमाडौं ।
माछापुछ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुछ्रे बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन, लैनचौरमा हस्ताक्षर गरेका थिए ।
मोबाइलमा डेटा सकिए पछि ब्यालेन्स नकाटिने र अन्य सुविधाहरु रहेको एनसेलको ‘सधैं अन’ योजना अन्तर्गत गरिएको यस सम्झौता अनुसार, अब माछापुछ्रे बैंक लि.मा आफ्नो खाता भएका एनसेलका ग्राहकहरुले बैंकको मोबईल बैकिङ्ग एप एमबीएलएम–स्मार्टको अजभअप यगत सर्भीस प्रयोग गरि एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइट मार्फत सजिलै ब्यालेन्स रिचार्जका साथै सेवा, सुविधाहरु खरिदका लागि भुक्तानी गर्न सकिने बैंकले जनाएका छन ।
यसैगरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताहरुले पनि रिटेलर्स एपमार्फत सिधै माछापुछ्रे बैंक लि.को खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन ।यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई अहजबनाउँदै सधैं अन रहन सहयोग गर्ने विश्वास एनसेल र माछापुछ्रे बैंक लि.ले लिएको छ । एनसेल एपमा अन्य सुविधाहरू पनि रहेका छन् जसले ग्राहकहरूलाई देशभित्र मात्र नभई देश बाहिर रोमिङमा रहँदा पनि सुविधा प्रदान गर्ने जनाए ।
माछापुछ्रे बैंक लि.नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यका साथ निरन्तर अगाडी बढि रहेको छ । फरक–फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुकालागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुछ्रे बैंक लि.सधैं तत्पर रहँदै आएको बताए ।