सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदबहादुर पौडेलका अनुसार मध्यबिन्दु नगरपालिका-२ सेहरी गाउँस्थित नारायणी नदी किनारको रहमा आज बिहान नुहाउन गएका ७२ वर्षीय मिनबहादुर थारुलाई गोहीले तानेको हो । गाहीले तानेर पानी भित्र डेढ घण्टासम्म राखेको थियो ।
गोहीको आक्रमणले उनको मृत्यु भएपछि चितवन राष्ट्रिय निकुञ्जबाट टोली झिकाइएको थियो।