२०८१ मंसिर १० , सोमवार

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सानिमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लि. सँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुबिधा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउस लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरे ।

यस सहकार्यबाट दुबै देशका नागरिकहरूलाई NCHLनेटवर्क मार्फत नेपाल राष्ट्र बैंकको नियमानुसार रकमान्तर गर्न सहज र झन्झटरहित डिजिटल भुक्तानी सेवा प्रदान हुने उद्देश्य रहेको  बैंकले जनाएको छ  ।

सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा ए.टि.एम. सञ्जाल रहेका छन् ।