२०८१ मंसिर ८ , शनिवार

प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको भाउ

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।

साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १७ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।