२०८१ मंसिर १० , सोमवार

पेरूमा ७.२ म्याग्नीच्यूडको भूकम्प, तटीय क्षेत्रमा सामुद्रिक छाल बढ्ने खतरा

earthquake-seismograph-line (1)

सुनाखरी न्युज/ काठमाडौं ।

पेरूको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ ।एसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी (१५.९० डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर) मा ३० किलोमिटरको गहिराईमा भूकम्पको केन्द्रविन्दू रहेको जनाएको छ ।

‘प्यासिफिक सुनामी वार्निङ सेन्टर’ ले भूकम्पपछि तत्काल दिएको सूचनामा सुनामीको कुनै खतरा नरहेको बताएपनि आफ्नो पूर्व सूचनामा संशोधन गर्दै पछि ‘केही तटमा तीन मिटरसम्मको छाल आउन सक्ने’ चेतावनी दिएको छ ।

भूकम्पबाट भौतिक संरचनामा भएको क्षतिको विवरण तत्काल उपलब्ध नभएको तर भूकम्पको ठूलो धक्का महशुस गरिएकाले केन्द्रविन्दू आसपासका क्षेत्रमा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ ।भूकम्प प्रभावित क्षेत्रको थप विवरण सङ्कलन भइरहेको पेरूका सरकारी अधिकारीहरूले जनाएका छन् ।  रासस/एएफपी