२०८१ आश्विन ५ , शनिवार

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नेतृत्व परिवर्तन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालक समिती र बिजय बहादुर शाहबीच आपसी सहमति अनुसार २०८१ आषाढ १२गतेको संचालक समितिको निर्णयले २०८१ आषाढ१३ देखि लागू हुने गरी बिजय बहादुर शाह कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट पदमुक्त भएको छ ।

वहाँको नेतृत्वमा कम्पनीे गैर–जीवन बीमा उद्योगको ईतिहासमै पहिलो पटक मर्जर गराउन सफल भएको र वहाँका योगदानहरूका लागि सदैव आभारी रहने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

साथै वहाँको स्थानमा नायव प्रमूख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठज्यूले अर्को व्यवस्थान भएसम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नु हुने जानकारी गराएको छ ।