२०८१ आश्विन ५ , शनिवार

अभिनेत्री हिना खानलाई स्तन क्यान्सर

hiona

सुनाखरी न्युज/ काठमाडौं ।

भारतीय अभिनेत्री हिना खान स्तन क्यान्सरसँग जुधिरहेकी छन् । उनलाई तेस्रो चरणको स्तन क्यान्सर भएको बीबीसीले जनाएको छ ।अभिनेत्री खानले पनि सामाजिक सञ्जालमार्फत पनि यसबारे जानकारी दिएकी छन् ।

३६ वर्षीय हिना खान ‘ये रिश्ता क्या कहलाता है’ र ‘कसौंटी जिन्दगी’ जस्ता चर्चित टिभी शृंखलामा मुख्य भूमिकामा देखिइसकेकी छन् । उनी रियालिटी शो बिग बोसमा पनि सहभागी भइसकेकी छन् ।