२०८१ कार्तिक २० , मंगलबार

‘दोहा वार्तामा अफगानिस्तानका आन्तरिक मुद्दामा छलफल नहुने’

aaaaa

सुनाखरी न्युज/ काठमाडौं ।

अफगान्स्तानको विषयमा हुन लागेको दोहा सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ नेतृत्वको बैठकअघि तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानका आन्तरिक मुद्दाहरूमा छलफल नहुने र राष्ट्रका आन्तरिक मुद्दा कुनै पनि हिसाबले संयुक्त राष्ट्रसङ्घको विषय नभएको बताउनुभएको छ ।

तेस्रो दोहा बैठक जुन ३० देखि जुलाई १ सम्म कतारमा हुनेछ ।मुजाहिदका अनुसार तालिबानले दोहा शिखर सम्मेलनमा अफगानिस्तानसँग अन्तरक्रिया गर्न देशहरूलाई आमन्त्रित गरेको छ ।“यो बैठकमा हाम्रो सहभागिता कुनै पनि पक्षको विरुद्धमा नभई सबै पक्षहरूसँग संलग्नता हो,” तालिवान प्रतिनिधिले भन्नुभयो । “तेस्रो दोहा शिखर सम्मेलनमा अफगानिस्तानको आन्तरिक समस्याहरू सम्बोधन गरिने छैन किनभने यो राष्ट्रसङ्घको नभई देशको सान्दर्भिकताको विषय हो,” उहाँले भन्नुभयो ।

मुजाहिदले केही सर्तहरूमा तालिबानले यस सम्मेलनमा भाग लिइरहेको बताउनुभयो । तर यसबारे विस्तृत जानकारी भने दिनुभएन ।संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानप्रति साझा अन्तर्राष्ट्रिय दृष्टिकोण विकास गर्न मे २०२३ मा दोहामा तालिबानबिना पहिलो अफगानिस्तान सम्मेलन आयोजना गरÞेको थियो । यस वर्षको फेब्रुअरीमा कतारको दोहामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दोस्रो अफगानिस्तान सम्मेलन आयोजना गर्नुभएको होे ।

राजनीतिक तथा शान्ति निर्माण मामिलाका लागि उपमहासचिव रोजमेरी डिकार्लोले मे १८ देखि २१ सम्म अफगानिस्तानको भ्रमण गर्नुभएको थियो ।फेब्रुअरी २०२० मा संयुक्त राज्य अमेरिका र तालिबानले मे २०२१ सम्म अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फिर्ता गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

अप्रिल २०२१ मा नेटोका विदेश र रक्षामन्त्रीले केही महिनाभित्र अफगानिस्तानबाट सबै सहयोगी सेनाहरू फिर्ता लिने निर्णय गरेका थिए ।अमेरिका र नेटो सेनाले देशबाट फिर्ता हुने घोषणा गरेपछि तालिबानले प्रमुख सहरहरूमा आक्रमण सुरु गरÞेको थियो । एक हप्ताभन्दा कम समयमा तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये सातवटा कब्जा गरेको थियो ।  रासस/एएनआई