२०८१ मंसिर ८ , शनिवार

सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ बढ्यो

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा सोमबारपनि सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ। सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ नै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज पनि चाँदीको मूल्य भने स्थिर रहेको छ।आइतबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।