सुनाखरी न्युज/ काठमाडौं ।
डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहक महानुभावहरुमा गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ Mastercard Issuance सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड Issuance सेवाको शुभारम्भ गरिएको हो ।
डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने Mastercard बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकहरुले प्राप्त गर्न सकिने बैंकले जनाएका छन। जसमा अत्याधुनिक सुरक्षा प्रविधि (EMV Chip) तथा अत्याधुनिक Contactless प्रविधि समेत प्रयोग गरिएको बैंकको भनाइ छ । यस कार्डमार्फत ग्राहक महानुभावहरुले नेपाल, भारत र भुटानबाट ATM withdrawal को साथमा POS तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सकिने छ ।
‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात Mastercard बीचको यो सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । कार्ड बैंकिङ्ग सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एन आई सी एशिया बैंकले हालसम्म VISA कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।