२०८१ मंसिर १० , सोमवार

श्रीलङ्का सडक दुर्घटनामा कम्तीमा १५ व्यक्ति घाइते

accident

सुनाखरी न्युज/ काठमाडौं ।

कोलम्बो क्यान्डी सडकको वेवेल्डेनियामा सोमबार बिहान यात्रु बोकेका दुई बस एकआपसमा ठोक्किँदा कम्तीमा १५ जना घाइते भएका छन् ।उनीहरूलाई तत्काल उद्धार गरी उपचारार्थ क्षेत्रीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

कोलम्बो–क्यान्डी सडक श्रीलङ्काको सबैभन्दा व्यस्त सडकमध्ये एक हो र वेवेल्डेनिया कोलम्बोबाट लगभग ६० किलोमिटर टाढा छ ।

श्रीलङ्कामा कमजोर सडक संरचना, पूराना सवारी साधन, र सडकमा सवारी साधन, ट्राफिक नियम पालनाको नियमित अनुगमनको कमीका कारण श्रीलङ्कामा सडक दुर्घटनामा बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउनु पर्छ । यहाँ सन् २०२३ मा दुई हजार २०० सवारी दुर्घटनामा दुई हजार ५५७ जनाको मृत्यु भएको थियो ।  रासस/सिन्ह्वा