२०८१ आश्विन १९ , शनिवार

दोहोरो अंकले बढ्यो नेप्से, साढे ६ अर्बको सेयर कारोबार

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १५.४६ अंकले बढेको छ।यसदिन नेप्से ०.७३ प्रतिशतले बढेर २११९.६९ विन्दुमा बन्द भएको हो।

बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार पाँच अर्ब ८ करोड ३५ लाख २८ हजार ९३५ रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार छ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० रूपैयाँको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ४० करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१३ वटा धितोपत्रको दुई करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर किनबेच भएको हो।बिहीबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९३ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको मूल्य स्थिर रहेको छ।