२०८१ आश्विन १९ , शनिवार

मौद्रिक नीतिमा पुँजी बजारबारे लगानीकर्ता १० सुझाव

Share-Working

सुनाखरी न्युज/काठमाडौं ।
पूँजीबजार सम्बद्ध संगठनले नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिमा समेट्नुपर्ने एक दर्जन सुझाव दिएका छन् ।
ती लगानीकर्ता संगठनले आगामी दिनमा मौद्रिक नीति मार्फत धितोपत्र बजारलाई बलियो बनाउनका लागि सुझाव दिएका हुन् ।

केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय पेस गर्न आग्रह गरेपछि नेपाल शेयरधनी संघ, जनरल इन्भेस्टमेन्ट एशोसिएशन, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त रुपमा विभिन्न सुझाव दिएका हुन्।

सुझावमा मार्जिन प्रकृतिको कर्जामा पछिल्लो आर्थिक वर्षमा गरिएको प्रत्यक्ष नियन्त्रणमुखी नीति अधिकतम १५-२० करोडको सीमा लाई तत्काल हटाई पूर्ववत कायम गर्नुपर्ने, धितोपत्रमा दिइने ५० लाखभन्दा माथिका मार्जिन कर्जामा रहेको जोखिमभार १०० प्रतिशतमा झानुपर्ने भनिएको छ।

यस्तै, मार्जिन प्रकृतिको कर्जा दिने उद्देश्यका लागि गणना गरिने औसत मूल्य ६ महिनाको सट्टा ३ महिनाको औसत मूल्यमा गणना गर्नुपर्ने विषय पनि समटिएको छ।