२०८१ मंसिर ८ , शनिवार

नेप्से परिसूचक २१.२७ अंकले बढ्यो,६ अर्बको सेयर कारोबार

share

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढेको छ।यसदिन नेप्से १ प्रतिशतले बढेर २१४०.९७ विन्दुमा बन्द भएको हो।आइतबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

बिहीबार छ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार छ अर्ब २९ लाख ३१ हजार ८५४ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४८ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३२५ वटा धितोपत्रको एक करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर किनबेच भएको हो।आइतबार १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ वटाको घटेको छ। यस्तै, १५ कम्पनीको मूल्य स्थिर रहेको छ।