२०८१ आश्विन ५ , शनिवार

डकु-ड्रामा ‘हामी छौं(सीजन १)’ दशैंमा ओटीटीमा रिलिज हुने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सलोन सलिना फिल्सस्को प्रस्तुतिमा निर्माण भएको डकु-ड्रामा ‘हामी छौं’को पहिलो सिजनको सांगीतिक भिडियो सार्वजनिक भएको छ ।

‘यो नजिकको कुरा’ बोलको गीतमा प्रताप दास र रचना रिमालको गायन, आनन्द अधिकारीको शब्द र शम्भुजीत बासकोटाको संगीत छ । भिडियोमा डकु-ड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् ।

यात्रा थिममा खिचिएको गीतको भिडियोमा सलिना र आर्यनलाई रोमान्टिक भावसँगै ग्रामीण जनजीवनलाई देखाइएको छ । भिडियोमा दृष्टिविहिनलाई सहयोग गरेको, खेतको रोपाईंलगायतका दृश्य समेटिएको छ ।प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

आगामी दशैंमा ओटिटी प्लेटफर्मबाट रिलिज हुने डकु-ड्रामा ७ एपिसोडको हुनेछ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकु-ड्रामामा उमा कार्की, सुमिन गुरुङ, सुसान्त कुमार श्रेष्ठ, युना खड्का, समीर खान ,जय बिनोद काफ्ले, सुनिल भन्डारी, शिब राज नेपाल, स्वरुप जङ्ग रायमाझीलगायतको अभिनय छ ।