२०८१ आश्विन ५ , शनिवार

फिल्म ‘घरज्वाइँ’को काठमाडौं प्रिमियर सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शुक्रबार रिलिज तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को काठमाडौं प्रिमियर गरिएको छ । मंगलबार बेलुका बिग मुभिजमा आयोजित समारोहमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मी सहभागी रहे ।

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानासहित राजनीतिक दलका नेता र कलाकार पनि प्रिमियरमा देखिए । स्क्रिनिङपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले फिल्मको कथावस्तु र अभिनय पक्षको प्रशंसा गरे ।अनिल बुढा निर्देशित फिल्मले मगर समुदायमा ‘घरज्वाइँ’ राख्ने परम्पराको कथा भन्छ । पूर्वीरुकुमको मगर गाउँ तकसेरामा सेट गरिएको फिल्मले घरज्वाइँको परम्परालाई दर्शकसामु प्रस्तुत गर्छ ।

अभिनेता कुन्साङ बमजमले धेरै पहिलेदेखि ‘घरज्वाइँ’ हेर्ने पर्खाइमा आफू रहेको बताए । दयाहाङ र मिरुनाले सँगै काम गरेको यो छैटौं फिल्म हो । यसमा उनीहरुले मगर समुदायको दम्पतीको भूमिका निर्वाह गरेका छन् । जनक घर्तीले निर्माण गरेको यो फिल्म शुक्रबारदेखि नेपालसहित केही मुलुकमा समेत प्रदर्शन तयारी छ ।