२०८१ मंसिर ८ , शनिवार

लेखा समितिको चासोपछि रोकियो रिलायन्स स्पिनिङकोआईपीओ

Businessman Presses Button Ipo Initial Public Offering Diagram O

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन कार्य स्थगित गराएको छ । रिलायन्सले भोलि बिहीबारदेखि वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो ।

तर, संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्सको वित्तीय विवरण र आईपीओ निष्कासनबारे केही जवाफ माग गरेपछि बोर्ड सञ्चालक समितिले हाललाई आईपीओ निष्कासन कार्य स्थगित गर्ने निर्णय गरेको धितोपत्र बोर्डले जानकारी दिएको छ।

वित्तीय विवरणका कारण विवादमा आएको रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रक्रियामार्फत् मूल्य निर्धारण गरेर आइपिओ जारी गर्न लागेको थियो।कम्पनीको प्रतिकित्ता सेयर मूल्य ८ सय २० रूपैयाँ ८० पैसा तोकिएको छ।

कम्पनीको मूल्य के आधारमा तय गरिएको हो? बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो? रिलायन्स स्पिनिङको वित्तीय विवरण शंकास्पद देखिएपछि लेखाले बोर्डसँग ७ दिनभित्र जवाफ मागेको छ ।