२०८१ मंसिर ८ , शनिवार

एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना

Bishnu Poudel

सुनाखरी न्युज/ काठमाडौं ।

केपी ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा को को जाँदैछन् भन्ने टुंगो लागिनसके पनि दुवै पार्टीमा यसबारे चर्चा बाक्लिएको छ ।

कांग्रेसको समर्थनमा बन्न लागेको मन्त्रिपरिषद्‍मा  एमालेबाट अर्थमन्त्रीमा उपाध्यक्ष विष्णु पौडेल जाने पक्का रहेको पार्टी उच्च नेतृत्वले जानकारी दियो ।

चुनाव जितेको सांसद हुनुपर्ने, अनि अहिले देखिएको संकट टार्न भूमिका खेल्न सक्ने नेता नै मन्त्री बन्ने मापदण्ड बनाएको अवस्थामा एमालेबाट पौडेल निर्विकल्प रहेको पार्टी स्रोतले बतायो ।

पार्टीले व्यक्तिका बारेमा औपचारिक निर्णय भने गरेको छैन । यद्यपि अध्यक्ष केपी ओलीले आफ्नो अनौपचारिक तयारी र परामर्श गरिरहेका छन् ।