२०८१ मंसिर ९ , आइतवार

प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको विद्युत लाइन काटियो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले सुनसरीस्थित रिलायन्स स्पिनिङ मिल्सको विद्युत लाइन काटिदिएको छ। मिल्सले प्राथमिक साधारण सेयर (आइपिओ) को इतिहासमै सबभन्दा महँगो मूल्य तोकेर आइपिओ बिक्री गर्न लागेका बेला विद्युत लाइन काटिएको हो।

नेपाल धितोपत्र बोर्डको अनुमतिमा बिहीबारदेखि हालसम्मकै महँगो आइपिओ जारी गर्न लागेको रिलायन्सको विद्युत लाइन प्राधिकरणले काटिदिएको हो।प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेर त्यस वापतको महसुल नतिरेको भन्दै उक्त उद्योगको लाइन मंगलबार राति ९ बजेतिर काटेको जनाएको छ।

महिला पुरूष गरी ४ हजार मजदुर कार्यरत रहेको रिलायन्सले दैनिक १४ मेगावाट विद्युत खपत गर्दै आइरहेको छ। प्राधिकरणले रिलायन्सले ६० करोड २९ लाख रुपैयाँ महसुल तिर्न बाँकी रहेको र त्यसमा थप २५ प्रतिशत जरिवाना पनि दाबी गरिरहेको छ।