२०८१ मंसिर ७ , शुक्रवार

नेपालको द्विध्रुविय ( Bipolar) गठबंन्धन सरकार खेल परिव्रतक ( Game Changer) बन्ने आशा !

Ram Krishna Pokhrell

राम पोख्रेल-

नेपालको संघिय गणतांत्रिक संबिधानको घोषणा पश्चात दुई वटा संघिय संसदको चुनाव, दुई प्रदेशिय सभाको चुनाव र दुई स्थानिय सरकारको चुनावहरू समंपन्न भएको छ । यी दुबै आम चुनावमा स्थानिय सरकार बाहेक दुबै पटकको चुनाव बाट स्थाई सरकार न संघिय न प्रदेशिक तहमा नै बन्न सक्यो ! विक्रम संवत २०७४ सालको चुनावमा संघमा पनि चार दल/पांच दलको गठबंन्धन सरकार बन्दै गर्दा राजनितीक दलका नेताहरूको पद र कुर्सि तिरको मोहले सरकार बन्ने र बिघटनकै जोड घटाउमा पुरै पांच बर्ष बिते । नेपालका पुराना दलहरूको सरकारमा शुसासन दिन असफल भएको कारण विक्रम संवत २०७९ को चुनावको माहोल तताउने कमान नयां नयां दलहरूले सम्हाले । तर पनि २०७९ को चुनावबाट पनि संघ र प्रदेशमा कुनै पनि दलले पुर्ण बहुमत ल्याई सरकार असफल भएको कारणबाट नेपाली जनतामा नयां र पुराना दलहरू प्रतिको निराशा र आक्रोश बढदै गएको छ। संघिय सरकार र प्रदेशका सरकार पांच छ महिनामै नै हल्लि रह्यो । आम नेपालीमा त झन नया पुराना दलका नेताहरूको भ्रष्ट आचरण र यिनले गरेका विगतका चोरी चकारीका काडंहरूले त दोहलोनै लियो । ठुला साना नयां पुराना सबै जसो दलका नेता तथा यिनका आशे पाशेहरू नक्ली भुटानी सर्णार्थी बनाई रकम कलम दोहनमा नांग्गीदै गएको बेला टुप्लुक्क गांउ गाउका नेपाली जनताले आफ्नो घर खर्चको कटौती गरि जेगाएको रकम सहकारी संस्थाहरूमा बचत गर्दै गर्दा सहकारी संस्थाका चालक /संचालकहरूले झ्वामं परि सहकारी संस्थाका बचतकर्तालाई बिल्लिबाठ बनाएको अनगिन्ति उजुरी र मुद्दाहरू सरोकारवाला संस्थाहरूमा समेत हालेका छन ।

नेपालको राजनितीक मंचमा उथल पुथल हुनु सामान्य हुदै गएको समयमा नेपालका पुराना राजनितिक दल नेपाली कांग्रेश र एमाले नजिकिदै गई द्विध्रुविय गठवंन्धन ( bipolar)  सरकार बनाउने हाल सालैको प्रसासले नेपालमा राजनितिक स्थिरता दिने आशा र भरोशा गरेका छन । यो गठबंन्धन बनाउने उदेश्य जनसमक्ष आए जस्तै वर्तमानको संघिय गणतात्र्मक संबिधानमा भएको चुनाव प्रणालिमा परिवर्तनको खांचो देखि द्विध्रुविय गठबंन्धनको सरकार नेपालको चुनाव प्रणालिको खेल परिवर्तक ( game changer) हुने आशा आम नेपालीले गरेका छन । प्रत्यक्ष र समुनपातिक प्रथाबाट निर्वाचित संघिय संसद का साथै प्रत्यक्ष र समुनपातिक प्रणलिबाट निर्वाचित प्रदेश सांसदबाट नेपालमा स्थिर सरकार संघ र प्रदेशमा दिन सक्छने छैनन् भन्ने आम बुझाई छ । अस्थिर सरकारले नेपालको सामाजिक, आर्थिक र राजनितीक खेल प्रवर्तक ( game changer) किमार्थ हुन सक्दैन । यस अर्थमा प्रत्यक्ष निर्वाचित सरकार प्रमुखहरू ( संघ र प्रदेश)ले मात्र स्थिर सरकार दिन सक्छन भन्ने आशा गरेरा छन । अक: प्रत्यक्ष निर्वाचन प्रणालिबाट चुनिएका संघिय र प्रदेशका सासंदहरूबाट निर्माण हुने सरकारले कमोवेश राचनितिक स्थिरता दिने विश्वास गरिन्छ । नेपालमा स्थिर सरकार दिई नेपालको राजनितिक, समाजिक, अर्थिक र वैदेशिक नितीको खेल परिवर्तक ( game changer) वानाउने काममा वर्तमानमा गठन भएको द्विध्रुविय दल – नेपाली कांग्रेश र नेपाल कम्युनिष्ट ( एमाले) ईमान्दारी पुर्वक अठोट साथ अगाडि बढ्नु पर्छ भन्ने आम नेपालीको मांग रहेको छ । धेरै दलहरूको गठबंन्धन बनाई सरकार चलाउने कला र संस्कृति वर्तामानका नेपाली नेताहरूमा किमार्थ छैन । यस अर्थमा वर्तमानको संघिय गणतात्र्मक संविधान परिवर्तन गरि वर्तमानको समुनपातिक संघिय सासंद र प्रदेशिक सासंदको निर्वाचन प्रणालिमा पर्वतन गर्न गराउन नेपालमा आम सहमति निर्माण गर्ने र गर्न सक्ने कार्यदल र लचकता अपनाई बहुआयामिक छलफल र सुझाव संकल्न गर्न सक्नेहरूको मंत्रीमंडल गठन गरि संविधानको संशोधनको  थालनि गर्नु पर्छ भन्ने अमरूपमा नेपालीको मांग रहेकोछ ।
नेपाली कांग्रेश र नेपाल कम्युनिष्ट पार्टि ( एमाले) को द्विध्रुविय ( Bipolar) गठबंन्धन नेपालको चुनावी प्रणालीको सुधारको खेल परिवर्तक (Game Changer) हुने विश्वास गरिएको छ । वर्तमानको प्रत्यक्ष र समुनपातिक चुनाव प्रणालीले बहुमतको सरकार संघमा र प्रदेशमा दिन असफल भई रहेको संर्दभमा वर्तमानको समुनपातिकको प्रतिनिधित्य प्रकृयामा परिवर्तन गर्नु पर्ने आम नेपालीको बुझाई रहेको छ । वर्तमान संघिय संसादको प्रत्यक्ष तर्फको प्रतिनिधि संख्यामा परिवर्तन गरेर समानुपातिक  प्रतिनिधित्वको ब्यवस्थालाई अझ उदेश्य मुलक र यथार्थ परक बनाउने कार्यको थालनी सरकारले बनाउने निर्वाचन सुधार समितिले  गर्नु पर्ने छ । संघिय संसदमा कुल प्रत्यक्ष तर्फको सिट संख्यामा हेरफेर गरि अल्पसंख्यक समुदायको प्रतिनिधित्य गर्न गराउन कायम हुने निर्वाचन क्षेत्रमानै अल्पसंख्यक अल्पसंख्यकै बिच चुनावी प्रतिस्पर्धा गर्न गराउन नेपालका राजनितिक दलले आ आफ्नो उम्मेदवार सोहि वर्ग वा समूहको मानिसलाई नै बनाउनु पर्छ । नयां कायम हुने निर्वाचन क्षेत्रलाई के कति सिट छुट्टाउने हो सुनिश्चित गरि पिरत्येक दश वर्षमा समयेचित परिवर्तन गरि अल्पसंख्यक समुदाय ( cluster ) बनाई प्रत्सक्ष निर्वाचन प्रणालिबाट उम्मेदवार बनाउने प्रथाको शुरूवात गर्नु पर्ने छ । अतः अल्पसंख्यक अल्पसंख्यक उम्मेदवारहरूको बिचनै प्रतिस्पर्धा गराउन सके सहि समावेशि नेपाल समावेशि लोकतंनत्रको विश्वमा मसिहा बन्न सक्छ भन्ने विस्वाश गर्न सकिन्छ । वर्तमानमा रहेको समुनपातिक बनाईने उम्मेदवारको लिष्ट दलका सुप्रिमोको खल्तिबाट निस्किने प्रथाको अंत भई जाने हुन्छ । यो लिष्ट निकाल्दा उम्मेदवारहरू बाट अनगिन्ति पैसो ( रकम)असुली हुने गरेको कथा ब्यथा सरोकारबालाहरूले सुनाउने गरेको आम सचेत नेपालीको मानस पटलमा घुमि रहेकै छ ।
नेपालमा पटक पटक प्रत्यक्ष निर्वीचित कार्यकारी प्रमुखको ब्यवस्था गर्नु पर्छ भन्ने केहि आबाजहरू उठि रहेको संन्दर्भमा एउटा कुरा बुझ्न जरूरी छ । कार्यकारी प्रमुख स्थिरताको नाउमा यस्ता प्रमुखहरू अधिनायक भएको उदाहरणहरू विश्व रंगमंचमा न सुनिएको होईन । तर नेपाल बहुभाषिक बहुजातिय बहुवर्गिय समाज भएको कारणले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको ब्यवस्था नेपालका लागी आत्मघाति हुन सक्ने कुरा विर्सन हुदैंन । नेपालको बहुभाषिक, बहुजातिय र बहुवर्गिय समाजका लागी संघिय लोकतात्रिक संसदिय ब्यवस्थानै उपउक्त हुन्छ भन्ने आम बुधाई रहेको छ । हाम्रो छिमेकी देशमा त दुई तिहाईको संसदमा बाहुल्यता जमाएको सरकार प्रमुखहरूनै सन सत्तरीको दशकमा झंडै अधिनायकवादि शासन कायम गर्न उद्त रहेको हाम्रो आंखा अगाडीनै देखिन्थ्यो । अझ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुंख त अझ खतरा उक्त हुन बेर लाग्ने छैन हाम्रो सामंति समाजको बनौटमा यावत यथावतनै रहेको छ ।
अत: वर्तमान नेपाली कांग्रेश र एमालेले प्रस्ताव गरेको द्विध्रुविय गठबॅन्धनको ( Bipolar) सरकार नेपालको चुनावी कोर्षलाई परिवर्तन दिन सक्षम थन । वर्तमानको संविधानलाई  संसोधन गर्न सक्ने खेल परिवर्तक (game changer) को भुमिकामा र कार्यमा सफल हुने आशा गर्न सकिन्छ । यी दुई पुराना दलहरू ७५ बर्ष भन्दा बढि समय देखि नेपालको लोकतात्रिक ब्यवस्था ल्याउन, सबल पार्न र जनताको सुखमय दिन ल्याउन समय समयमा आन्दोलनको नेत्रित्य गर्दै आएको संदर्भमा नेपालको मुहार फेर्न game changer को भुमिका खेल्नु पर्ने समयको मांग भएको छ । मुलुकको स्वाधिनता र स्वतंत्रतालाई अक्षुण राख्न नेपालीहरू जुरमुर्याउने समय आएको छ । उदारवादि लोकतंत्रको संवर्धन, संरक्षण र प्रवर्घन गर्न प्रस्तावित नेपाली काग्रेश र एमालेको Bipolar सरकार चुनावी प्रथाको प्रवर्तक होस भन्ने आम मनशुवा रहेको छ ।