२०८१ मंसिर १० , सोमवार

आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

tarkari

सुनाखरी न्युज/ काठमाडौं।

काठमाडौँ र आज पनि काठमाडौँमा केही हरियो तरकारीको मूल्य बृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज भिण्डीको मूल्य प्रतिकेजी १३८ रुपैयाँबाट बढेर १४० रुपैयाँ पुगेको छ भने घिरौला र लोकल काक्रो ९६ रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ ।

यसैगरी, रायोको साग प्रतिकेजी १४० रुपैयाँ पुगेको छ भने मालदह र दसहरी आँपको भाउ पनि प्रतिकेजी १३० रुपैयाँ कायम भएको छ । तने बोडी ४६ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, लोकल सिमी २५ रुपैयाँ, टाटे सिमी र भटमासकोशा ९५ रुपैयाँ, तितो करेला ४६ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसामा किनबेच भइरहेको छ भने परवर ५५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ८५ रुपैयाँ, पालूगो साग ११५ रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, कुरीलो २८३ रुपैयाँ ३३ पैसा, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ८६ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी,सेलरी र पुदीना २४० रुपैयाँ, गुन्दुक २७५ रुपैयाँ, फूजी स्याउ २९० रुपैयाँ, कागती १६२ रुपैयाँ ६७ पैसा, अनार ४२५ रुपैयाँ तोकिएको छ ।