सुनाखरी न्युज/ काठमाडौं।
कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक विदा दिने भएको छ ।
गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।
प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले मंगलबार एकसूचना जारी गर्दै बिदा दिने जनाएको हो ।