२०८१ मंसिर १० , सोमवार

पति अर्कैसँग व्यस्त भएपछि दुबईकी राजकुमारीले गरिन् इन्स्टाग्रामबाट डिभोर्सको घोषणा

The-Royal-Wedding-UAE

सुनाखरी न्युज/ काठमाडौं।

दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेखा महरा बिन्तले आफ्ना पति शेख मानालाई तीन तलाक दिएकी छन् ।आफ्नो इन्स्टाग्राम अकाउन्टमा अङ्ग्रेजीमा पोष्ट गर्दै महराले लेखेकी छिन्( ‘तिमी अरुसँग व्यस्त छौ । म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु ।’म तपाई‌ंलाई डिभोर्स दिन्छु। म तपाई‌ंलाई डिभोर्स दिन्छु। म तपाई‌ंलाई डिभोर्स दिन्छु। आफ्नो ख्याल राख्नु।  तपाईंकी पूर्वपत्नी ! ’

उनीहरूको परम्परामा तीनपटक तलाक ( सम्बन्ध विच्छेद) तलाक, तलाक भनेपछि सम्बन्ध विच्छेद हुने मानिन्छ। यसपछि दुवैले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन् भने प्रोफाइलबाट एकअर्काका सबै तस्बिर हटाएका छन्।

कतिपयले यो जोडीले एकअर्कालाई ब्लक गरेको अनुमान गरेका छन्। कतिपयले शिखा मह्राको एकाउन्ट ह्याक भएको हुनसक्ने आशंका पनि गरेका छन्। उनीहरूबीच सन् २०२३ मार्च २२ मा इन्गेजमेन्ट भई २०२३ मे २८ मा विवाह भएको थियो।