२०८१ आश्विन ५ , शनिवार

‘छक्कापञ्जा ५’को छायांकन ५१ दिनमा सकियो

Capture

सुनाखरी न्युज/ काठमाडौं।

फिल्म ‘छक्कापञ्जा ५’को छायाङ्कन सकिएको छ । निर्माण युनिटले एक गीतको छायाङ्कन बाँकी राख्दै ५१औँ दिनमा फिल्म सकाएको हो । फिल्मको बाँकी गीत भदौमा छायाङ्कन हुने निर्देशक दीपाश्री निरौलाले बताइन् ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ । काभ्रेको पाँचखाल क्षेत्र, पनौती, पोखरा आसपासमा छायाङ्कन भएको फिल्म अर्थ–सामाजिक आयामलाई व्यङ्ग्य गर्ने बताइन्छ ।

फिल्म आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो । ‘छक्का पन्जा ५’को रिलिज मिति यसै वर्षको दसैँमा भनिएको छ ।