२०८१ मंसिर १ , शनिवार

साउन ७ मा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर

Capture

सुनाखरी न्युज/ काठमाडौं।

साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची राखिएको छ ।सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।छलफलमा प्रतिनिधि सभाको साउन ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्रस्ताव पेस गर्न समय मागेकोले त्यसलाई कसरी व्यवस्थित गर्नेलगायत कुराकानी भएको छ।

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिने र साउन ७ गते प्रतिनिधि सभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोउत्तर गर्ने कार्यक्रम पनि तय भएको छ। नेकपा (एमाले) का मुख्यसचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले विश्वास मत लिने सूचना संसद सचिवालयलाई पठाइसकेका छन्।

‘साउन ६, ७ र ८ र १३, १४ र १५ गते प्रतिनिधि सभा बैठक बस्ने निर्धारण भएको छ,’ उनले भने, ‘अन्य दिनमा समिति बैठक बस्छ। समितिमा विचाराधीन विधेयकमा छलफल चलाउने कुरा भएको छ।’उनकाअनुसार संसदीय सुनुवाइ समितिमा सभापति चयन हुन सकेको छैन।