२०८१ मंसिर ८ , शनिवार

जुसको बट्टामा ४ करोडको कोकिन ,२ विदेशी पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं।

एक किलो १०० ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् ।लागु औषध नियन्त्रण ब्युरोले कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नसिमुद्दिन अनसारी र ४४ वर्षीय नाइजेरियन नागरिक इकेचुक्वा सिरिल ओबडोफुला रहेका छन् । नसिममुद्दिन साउन १ गते इन्डियो एयरलाइन्सको विमानबाट मुम्बई हुँदै नेपाल आएका थिए ।

उनलाई काठमाडौँ-२६, ठमेल स्थित एक होटलबाट जुसका २ वटा बट्टाभित्र लागु औषध कोकिनका ६२ वटा क्याप्सुल लुकाएर बसिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

उक्त कोकिन नाइजेरियन नागरिक ओबोडोइफुलाबाट रिसिभ गरेको बताएपछि पिंगलास्थानबाट उनलाई पनि पक्राउ गरिएको ब्यूरोका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए ।उनी कतार एअरलाइन्सबाट १ साउनमै काठमाडौं आएका थिए । उनले ज्याकेटमा फल्स बटम बनाएर कतारदेखि उक्त लागुऔषध ल्याएको खुलेको छ । ज्याकेटबाट निकालेर जुसको बट्टामा रालेको अवस्थामा कोकिन बरामद भएको थियो ।