२०८१ मंसिर १२ , बुधवार

न्युरोडमा फुटपाथ विस्तार विरोधमा स्थानीयको प्रदर्शन

newroad

सुनाखरी न्युज/ काठमाडौं।

काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवरोध गरेका छन् ।उच्च अदालत, पाटनको आदेशपछि काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार कार्य अघि बढाएपछि स्थानीय त्यसको विरोधमा उत्रिएका हुन् ।

फुटपाथ विस्तारविरुद्ध प्रदर्शनमा उत्रिएका स्थानीयले अहिले काठमाडौं महानगरपालिका र यसका प्रमुख बालेन शाहविरुद्ध नाराबाजी गरिरहेका छन् ।यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो । रासस