२०८१ आश्विन ५ , शनिवार

भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र नतासा भए अलग

Capture

सुनाखरी न्युज/ काठमाडौं।

भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्याले बिहीबार आफ्नो सामाजिक सञ्जालमार्फत् नतासा स्टान्कोभिकसँग सम्बन्ध बिच्छेद गरेको बताएका छन्। उनीहरूले २०२० मा विवाह गरेका थिए।

‘चार वर्ष सँगै बसेपछि नतासा र मैले आपसी बाटो अलग गर्ने निर्णय गरेका छौं। हामीले सँगै रहन सक्दो प्रयास गर्‍यौं। विश्वास गर्छौं कि यो निर्णय हामी दुवैको लागि हितमा छ। यो हाम्रो लागि कठिन निर्णय थियो,’ पाण्ड्याले आफ्नो इन्स्टाग्राममा लेखेका छन्।

उनले छोराका लागि दुवै जना राम्रो अभिभावक बन्ने पनि बताएका छन्। सर्वियन मोडल नतासा र पाण्ड्याबीच २०२० को मेमा विवाह भएको थियो। उनीहरुको तीन वर्षको छोरा छन्।