२०८१ मंसिर ७ , शुक्रवार

एसी इभीका दुई नयाँ भेरियन्टहरू सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

टाटा मोटर्स, भारतको अग्रणी बहुराष्ट्रिय मोटरगाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिमार्फत् Ace EV का दुई नयाँ भेरियन्टहरू – Ace EV CLB र Ace EV Flat Bed नेपाली बजारमा सार्वजनिक गर्दै दिगो गतिशीलता प्रति आफ्नो प्रतिबद्धतालाई सुदृढ गरेको छ।Tata Ace EV कन्टेनर भेरियन्ट को उल्लेखनीय सफलता, बढ्दो माग, बजारको प्रवृति र थप ग्राहकका विविध आवश्यकताहरू पूरा गर्न यी नयाँ मोडलहरू तयार पारिएका छ।

लन्चको बारेमा टिप्पणी गर्दै,  अनुराग मेहरोत्रा, हेड – इन्टरनेशनल बिजनेस, टाटा मोटर्स कमर्शियल भेहिकलले भने, “२०२३ मा लन्च भएदेखि, Ace EV ले भरपर्दो र प्रभावकारी समाधानहरू प्रदान गरेको छ, जसले व्यवसायहरूलाई देशव्यापी रुपमा सशक्त बनाएको छ। Ace EV CLB र Ace EV Flat Bed ले Ace परिवारलाई थप विस्तार गर्दै ग्राहकहरुको कार्य अनुरुप परिमार्जनको विकल्प प्रदान गर्नेछ। नेपालमा शून्य-उत्सर्जन सामान ढुवानीलाई सशक्त पार्ने हाम्रो यात्रामा यो विस्तारले अर्थपूर्ण प्रगतिको संकेत गर्दछ साथै हामी विश्वस्त छौं, सिप्रदी ट्रेडिङ्ग प्रा लि को बलियो बिक्री र सेवा विशेषज्ञताले टाटा मोटर्सलाई नेपालको व्यावसायिक सवारी उद्योगमा नयाँ बेन्चमार्क कायम राख्न मद्दत गर्नेछ |”

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले थप्दै भने- “टाटा मोटर्ससँगको सहकार्यमा Ace EV CLB र FlatBed, हाम्रा आदरणीय ग्राहकहरू माझ प्रस्तुत गर्न पाउँदा हामी धेरै खुसी छौं | सिप्रदीमा हाम्रो प्रतिबद्धता बिक्री मात्र नभई, नेपालमा इलेक्टि्क गाडीको प्रभावकारी सञ्चालनको लागि पूर्ण ‘ईको सिस्टम’ विकास गर्ने छ । यसको लागि कम्पनीले उत्कृष्ट सेवा प्रदान गर्नुका साथै घरमै चार्जिङ गर्ने पूर्वाधार प्रदान गरेर थप सुविधा दिएको छ । साथै अब अफ-रोड सवारी लाई सहज र सरल पार्न आपतकालीन उद्धार भ्यान सेवा पनि प्रदान गर्नेछ | यी दुई नयाँ गाडीले सफा, दिगो र हरित नेपाल बनाउन ठूलो योगदान पुर्‍याउनेमा हामी विश्वस्त छौँ’।”

सेप्टेम्बर २०२३ मा लन्च गरिएको Ace EV को अपार सफलताका साथ लोकप्रिय बन्दै बिक्री भइरहेको छ । पहिलो ६ महिना काठमाडौंमा मात्रै व्यापक परीक्षण गरिएको एस ईभीका विभिन्न मोडलहरू अहिले पोखरा, इटहरी, नारायणघाट र बुटवलमा उपलब्ध छन्। हाल, Ace EV कन्टेनरको रु 22.99 लाख , Ace EV CLB को मूल्य रु 22.79 लाख, र Ace EV FlatBed को NPR 21.99 लाख सार्वजनिक गरेको हो |

प्रयोगकर्ताहरूको घनिष्ट सहकार्यमा सह-विकसित र लगनशीलतापूर्वक विकास गरिएको इकोसिस्टमद्वारा समर्थित Ace EV ले ई-कार्गो मोबिलिटीको लागि समग्र समाधान प्रदान गर्नेमा सिप्रदी विस्वस्त छ |समयमै लागत-प्रभावी र प्रभावकारी लास्ट माइल डेलिभरीको मुख्य आवश्यकतालाई सम्बोधन गर्नुका साथै, Ace EV ले नेट शून्य कार्बन फुटप्रिन्ट प्राप्त गर्न आफ्ना ग्राहकहरूको भविष्यको प्रतिबद्धता र आकांक्षाहरू पनि पूरा गर्दछ। चौबीसै घण्टा सेवाका लागि Ace EV का विशेषज्ञहरु सहितको टोली सधै प्रतिबद्ध रहने छ |