२०८१ पुष ८ , सोमवार

किन साउनमा कपाल काट्न हुन्न ? यस्तो छ कारण

hair cutting 4

सुनाखरी न्युज/ काठमाडौं ।

बुढापाकाले आज यो बार कपाल काट्नु हुँदैन, आज जन्म बार कपाल काट्नु हुँदैन भनेझैँ साउनको महिनामा पनि कपाल काट्नु हुँदैन भनेको त प्रायः धेरैले सुनेका छौँ । तर पछिल्लो पुस्ताले यसलाई बेवास्ता गर्ने गरेको पाइन्छ । आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ ।साउनमा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता । अरु महिना राम्रै आम्दानी हुने सैलुन व्यवसायमा साउन लागेपछि ठूलो धक्का पर्छ । ‘अरु बेला दैनिक ५० भन्दा बढी ग्राहक आउँथे तर, साउन लागेपछि मुस्किलले १० जना कपाल काट्न आउँछन्,’ उनी भन्छन्, ‘साउनको कमाइले भाडा तिर्न पनि पुग्दैन ।’

उनीजस्तै काठमाडौंको तिनकुनेमा सैलुन चलाएर बसेका उमेश दास पनि साउनमा ग्राहकको संख्या घटेको बताउँछन् । ‘साउनमा कपाल काट्न हुन्न भन्ने मान्यताले धेरै मानिस कपाल काट्न आउँदैनन्,’ उनले भने, ‘युवाले भने यस्ता कुुरा मान्दैनन् । साउनमा कपाल काट्न पाकाभन्दा युवा नै बढी आउँछन् ।’ उनले साउन लागेपछि दिनमा मुस्किलले सात सय आम्दानी भएको बताए ।शास्त्रीय मान्यताअनुसार साउनभरि भगवान् विष्णु आफ्नो कुटीमा आराम गर्न बस्छन् । उनी आराम गर्न बसेको बेला कपाल काट्न हुँदैन । कपाल काट्ने कार्य शुभ कर्म भएकाले पनि भगवान् विष्णु सुतेका बेला शुभ कर्म गर्न नहुने मान्यता रहेको ज्योतिषहरू बताउँछन् ।शास्त्रीय परम्पराअनुसार विष्णुको अनुपस्थितिमा कपाल काट्न हुँदैन,’ उनले भने, ‘यो महिनामा विष्णुको भजन, कृतन गर्ने र हरियो लगाउने परम्परा छ, यो महिनामा कपाल काट्दा बिरामी परिन्छ भन्ने परम्परा छ ।’

त्यसतै, शताब्दीयौंअघि पर्याप्त प्रकाश, सुरक्षित उपकरण र सीपको अभाव हुँदा कपाल काट्दा चोटपटक लाग्ने खतरा हुने गरेको पौराणिक मान्यता छ । साउन महिनामा धेरै पानी पर्ने हुँदा यस्तो बेला कपाल काट्दा संक्रमण हुन सक्ने र चोटपटक वा घाउ हुने खतरा रह्यो । उक्त घाउमा पानी पर्दा इन्फेक्सन र पिप आउन सक्छ । साउन वर्षाको मौसम हो र यस समयमा कुनै पनि चोट वा घाउ छालामा संक्रमण हुन सक्छ।