आज ( सोमबार) बाट लागु हुने गरी प्रतिकिलो १५ रूपैयाँले मासुको भाउ घटाइएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जानकारी दिएको छ।साउनमा धेरै जसोले मासु खाँदैनन्।
बिहेको लगन पनि नभएकाले पार्टी प्यालेसमा पनि खपत छैन, उनले भने त्यसैले उत्पादन बढी भएर मूल्य घटाइएको हो।
अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ।
मूल्य घटेसँगै ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ५० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो दुई सय ६० देखि ६५ रूपैयाँ छ।