२०८१ आश्विन ५ , शनिवार

‘मिस नेपाल २०२४’आजदेखि हिमालय टिभीमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

हिमालय टेलिभिजनले सोमबार रातिदेखि ‘मिस नेपाल २०२४’ बारेको विशेष कार्यक्रम प्रसारण गर्ने भएको छ । यो कार्यक्रम सोमबार र मंगलबार राति साढे ९ देखि १० बजेसम्म प्रसारण हुनेछ ।

आगामी साता सोमबार र मंगलबार पनि सोही समयमा कार्यक्रम प्रसारण हुने टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । त्यसपछि दर्शकले साउन १९ गते टेलिभिजनमा फिनालेको प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन् ।

यस टेलिभिजनले प्रसारण हुने कार्यक्रमको टिजर पनि सार्वजनिक गरेको छ ।मिस नेपाल २०२४ अन्तर्गत शनिबार एकैदिन ६ वटा सहविधामा प्रतिस्पर्धा सम्पन्न भएका छन् । २४ जना फाइनलिस्टले यी सबटाइटलमा आफ्नो क्षमता प्रस्तुत गरे ।

फार्मेसी फेस अफ द एयर २०२४, जुभारा मिस हाइजिन, ब्रिज सिमेन्ट मिस कन्फिडेन्ट, क्रिएटिभ डी स्टुडियो मिस फोटोजेनिक, सिटाफिल मिल हेल्दी स्किन, द हिडन ट्रेजर मिस ब्युटी विथ अ पर्पस र डाबर हनी मिस फिटनेस क्वीनका सहविधा उक्त दिन सम्पन्न भए । साउन १९ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ ।